Section 13
पोषण तथा स्वास्थ्यको अधिकार
(१) प्रत्येक बालबालिकालाई उचित पोषण, सफा खानेपानी तथा दुई वर्षसम्मका बालबालिकालाई स्तनपानको समेत अधिकार हुनेछ।
(२) गर्भवती महिला र बालबालिकालाई रोगबाट बच्न आवश्यक खोपहरू लिन पाउने र राष्ट्रिय मापदण्ड अनुरूपको शारीरिक तथा मानसिक स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उमेर र परिपक्वता अनुसार शरीर, प्रजनन तथा प्रजनन स्वास्थ्य सम्बन्धी  जानकारी पाउने अधिकार हुनेछ।
(३) प्रत्येक बालबालिकालाई आधारभूत स्वास्थ्य उपचार निशुल्क रूपमा प्राप्त गर्ने अधिकार हुनेछ।